ओलीलाई भष्मासुरको संज्ञा दिँदै बाबुरामले भने : अब हामी पनि सच्चिउं

ओलीलाई भष्मासुरको संज्ञा दिँदै बाबुरामले भने : अब हामी पनि सच्चिउं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अब आफुहरु सच्चिनुपर्ने बताएका छन् । आइतबार संसद बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले अब आफुहरु पनि सच्चिनुपर्ने दिन आएको बताएका हुन् ।

ओलीलाई भष्मासुरको संज्ञा दिँदै नेता भट्टराईले बालुवाटारबाट बिदा हुँदा सडकमा गरिएको तामझामले उनलाई झनै नाङ्गो बनाएको दाबी गरे । ‘केपी ओलीको भष्मासुर प्रवृत्तिले आधा गिलासलाई पनि घोप्ट्याएको थियो । तर सर्वोच्च अदालतले सही बाटोमा ल्याइदिएको छ’, उनले भने, ‘सर्वोच्चको फैसला मैले पटक पटक पढेँ, त्यहाँ संविधानलाई ट्र्याकमा ल्याउने कुरा गरिएको छ । एक जना भष्मासुर विदा भए, अब हामी पनि सच्चिने बेला आएको छ ।’

उनले नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले देशलाई अध्याँरो सुरुङमा धकेल्ने काम गरेको पनि आरोप लगाए ।