किन दिए महन्त ठाकुरले देउवालाई विश्वासको मत ?

किन दिए महन्त ठाकुरले देउवालाई विश्वासको मत ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को महन्त ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीको निर्णय विपरीत सहभागी भएको ठाकुर समूहले देउवालाई विश्वासको मत दिन्छ भन्ने अपेक्षा कसैले गरेका थिएनन् ।

तर, अन्तिममा ठाकुर समूहले विश्वासको मत दिएर सबैलाई अचम्मित तुल्यायो । देउवाले संसदमा विश्वासको मत मागेपछि संसद बैठकलाई सम्बोधन गर्दै ठाकुरले विश्वासको मत दिने निर्णय भएको जानकारी गराएका थिए ।

‘प्रधानमन्त्रीज्यूले पत्र पठाएर विश्वासको मत माग्नु भयो । हाम्रा मुद्धाहरु सम्बोधन गर्ने अपेक्षा र आग्रहसहित विश्वासको मत दिने निर्णय गरेका हौं,’ उनले संसदलाई सम्बोधन गर्दै भने ।

स्रोतका अनुसार आफ्ना पक्षका सांसदहरु धमाधम अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा जान थालेपछि ठाकुर पक्षले बाध्य भएर देउवालाई विश्वासको मत दिएको हो । अर्कोतर्फ ठाकुर समूहले देउवालाई विश्वासको मत दिएर पार्टीमा आफ्नो स्थान केही सुरक्षित गर्ने आशामा देउवालाई मत दिएको विश्लेषण हुन थालेको छ ।

पार्टीको निर्णयविरुद्ध ओली सरकारमा सहभागी भएको ठाकुर समूह १३ दिन मात्रै सरकारमा रहेको थियो ।