कस्तो रहला सोमबार दिनभरको मौसम ? यस्तो छ पूर्वानुमान

कस्तो रहला सोमबार दिनभरको मौसम ? यस्तो छ पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  जल तथा माैसम पूर्वानुमान महाशाखाले सोमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले हाल मौसम सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश१, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

यसैगरि राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।