विश्वासको मत पाएपछि देउवालाई पाकिस्तानी समकक्षीले दिए बधाई

विश्वासको मत पाएपछि देउवालाई पाकिस्तानी समकक्षीले दिए बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानी समकक्षी इमरान खानले बधाई दिएका छन् ।

सोमबार बिहान ट्वीटमार्फत नवनियुक्त प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षी खानले सफल कार्यकालका लागि बधाई तथा शुभकामना दिएका हुन् ।

आइतबार राती प्रतिनिधिसभामार्फत विश्वासको मत जितेका देउवालाई खानले बधाई दिएका हुन् । उनले पाकिस्तान नेपालबीचको सौहार्दपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउन चाहने उल्लेख गरेका छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीले आइतबार राती देउवालाई फोन गरेर बधाई दिएका थिए । उनले दुई देशबीच सबै क्षेत्रहरूमा रहँदै आएको विशिष्ट साझेदारीलाई थप विस्तार गर्न र जनस्तरको गहिरो सम्बन्धलाई थप सुदृढ बनाउन देउवासँग सहकार्यको अपेक्षा गरेको उल्लेख गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत पाएका थिए । देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ मत पाएका हुन् ।