काठमाण्डु – अष्ट्रेलियाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारसँग मिलेर काम गर्न चाहेको उल्लेख गरेको छ ।
नेपालका लागि अष्ट्रलियाकी राजदूत फेलिसिटी भल्कले देउवा नेतृत्वको नयाँ सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताएकी हुन् ।
आइतबार राती प्रतिनिधिसभामा विश्वासको मत पाएका देउवालाई बधाई दिँदै उनले अस्ट्रेलिया नयाँ सरकारसँग मिलेर काम गर्न चाहने बताइन् ।
साथै उनले नेपाली नागरिकलाई सहयोग गर्न अष्ट्रेलिया सँधै तयार रहेकोसमेत बताइन् ।




प्रतिक्रिया