सरकारको पहिलो प्राथमिकता सबैलाई खोप : प्रधानमन्त्री देउवा

सरकारको पहिलो प्राथमिकता सबैलाई खोप : प्रधानमन्त्री देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसविरुद्धको अमेरिकी खोप नेपालमा पनि लगाउन थालिएको छ । कोभ्याक्समार्फत अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप आजदेखि लगाउन सुरु गरिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर खोप कार्यक्रम सुरु गरेका हुन् । खोप कार्यक्रम उद्घाटनपछि बोल्दै उनले सरकारको पहिलो प्राथमिकतामा कोरोना भाइरसविरुद्धको खोप रहेको बताए ।

‘मेरो सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप हो । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेको छु । खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि गरेको छु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ ।