काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्याप्त खोपको व्यवस्था गरिएको बताएका छन् ।
मंगलबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै अध्यक्ष अोलीले आफूले तीन पटक लगाउँदा पनि पुग्नेगरी खोपको व्यवस्था गरिएको बताएका हुन् ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकहरुलाई सरकारको प्राथमिकता खोप, खोप, खोप भएको बताएका थिए । प्रधानमन्त्री देउवालाई जवाफ दिँदै अध्यक्ष ओलीले तीनपटक लगाए पनि पुग्नेगरी खोपको व्यवस्था गरेको बताए ।
‘तीनपटक लगाए पनि पुग्नेगरी खोपको व्यवस्था गरेका छौँ । सबैले खोप पाउनेछन् । कसैले खोप खोप खोप भनेर पनि तीनपल्ट पुग्ने गरि व्यवस्था गरेका छौँ,’ उनले भने ।




प्रतिक्रिया