राजनीतिले पुनः बाटो पहिल्यायोः राजदूत आचार्य

राजनीतिले पुनः बाटो पहिल्यायोः राजदूत आचार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले राजनीतिले पुनः बाटो पहिल्याएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत राजदूत आचार्यले कोरोनाकालका जीवन र जीविकाका समस्या सम्वोधनमा पूर्ण ध्यान केन्द्रित गर्न सकिने स्थिति बनेको बताएका हुन् ।

‘विश्वासको मतसंगै राजनीतिले पुनः बाटो पहिल्याएको छ। कोरोनाकालका जीवन र जीविकाका समस्या संवोधनमा पूर्ण ध्यान केन्द्रित गर्न सकिने स्थिति बनेको छ,’ उनले भनेका छन्, ‘आगामी यात्रा सहज र सफल रहोस् । सम्बन्धहरू अनुकूल र सुखद रहुन् । जनजीवनमा राम्रो सुधार आउन सकोस् । शुभ होस् ।’