अबदेखि काठमाण्डु-नयाँ दिल्ली सातामा ६ उडान हुने

अबदेखि काठमाण्डु-नयाँ दिल्ली सातामा ६ उडान हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल र भारतबीच भएको एयर बल सम्झौताअनुरुप काठमाण्डु–नयाँ दिल्ली गन्तव्यमा सातामा कूल ६ उडान सञ्चालन हुने भएको छ ।

यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हुँदै आएकामा अब ६ उडान हुने भएको हो । सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार अब नयाँ दिल्लीमा काठमाण्डुबाट सोमबार, बुधबार र शनिबार निगमको जहाजले उडान भर्नेछ । यसअघि दुई उडान कायम रहेका बेला निगमले बुधबार र भारतको एयर इन्डियाले शुक्रबार उडान भर्ने गरेका थिए । अहिले दुवै एयरलाइन्सले समान तीन उडान पाएका हुन् ।

यात्रुको सहजतालाई ध्यानमा राखी एयर इन्डियासँग समन्वय गरी उताको उडान हुने बार नजुध्ने गरी निगमले उडान तालिका बनाएको जनाइएको छ । उडान तालिका मिलाउँदा हरेक दिन उडान सञ्चालन हुनेछ ।