सलबलाउदै राजावादी :समर्थकहरुले आन्दोलन गर्न तम्तयार छौं भन्दा पनि पूर्वराजा मौन

सलबलाउदै राजावादी :समर्थकहरुले आन्दोलन गर्न तम्तयार छौं भन्दा पनि पूर्वराजा मौन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न जाने राजावादीले सोध्न थालेका छन्। सरकार हजुर अगाडि बढ्नुपर्यो, हामी आन्दोलन गर्न तम्तयार छौं। तर पूर्वराजाले उनीहरूको कुरा सुन्ने मात्र गर्नुभएको छ, प्रतिक्रिया दिने गर्नुभएको छैन।

 

 

 

पूर्वराजा ज्ञानेन्द्रले भाइटीकाको दिन आफूलाई जनताले पत्याए शासन गर्न तयार रहेको बताएपछि राजाका पक्षमा देखिएका राजावादीहरू विज्ञप्ति निकाल्नेबाहेक केही गर्न सकेका छैनन्।

 

 

 

 

 

 

राजालाई प्रमुख पात्र ठान्ने विश्वहिन्दु महासंघका अध्यक्ष एवं पूर्वराजाका आफन्त भरतकेशरी सिंहसमेत चुप लागेर बस्नुभएको छ। पूर्वराजाले प्रतिक्रिया दिएको केही दिनपछि होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गरी राजाको अभिव्यक्ति स्वागतयोग्य भनेको महासंघले हालसम्म कुनै कार्यक्रम गर्न सकेको छैन।

 

 

 

पूर्वराजालाई मान्ने केही राजावादीले राष्ट्रिय झन्डा बोकेर राजा आऊ देश बचाऊ भन्न थालेका छन्। विगत एक वर्षदेखि मातृभूमि संरक्षण नेपालले राष्ट्रिय झन्डा प्रदर्शन गर्दा समेत पूर्वराजाले न कुनै प्रतिक्रिया दिनुभएको न नत कुनै सहयोग नै गर्नुभएको छ।

 

 

 

‘हामीले फागुन १० गने हनुमानढोकामा झन्डा प्रदर्शन गर्यौं, फागुन १५ मा कीर्तिपुरमा, फागुन २२ मा भक्तपुरमा राष्ट्रिय झन्डा प्रदर्शन गर्यौं, तैपनि पूर्वराजाबाट हामीलाई कुनै सहयोग भएन। यो शासन काम नलाग्ने भएपछि हामीले राजाको शासनको माग गर्दै आन्दोलन गर्यौं कसैले सहयोग गरेनन युवा विश्वहिन्दु महासंघका अध्यक्ष राजन मर्हजनले भन्नुभयो।

 

 

 

 

 

राजाका नजिक ठान्नेहरूले के के गरे, हामीलाई थाहा छैन महासंघका अध्यक्ष महर्जनले भन्नुभयो– ‘हामी त पूर्वराजाको शासन ल्याउनका लागि आन्दोलन गरिरहेका छौं, उनीहरूले के गरे थाहा छैन।’ ‘हामी त आफ्नै पैसा हालेर झन्डा किन्छौं, थोरबहुत रकम संकलन गरेर राजाको समर्थनमा जुलुस निकाल्छौं, तर राजावादीहरूले केही गर्न सकेका छैनन् ’ –महर्जनले भन्नुभयो।

 

 

 

‘अहिले पूर्वराजा निर्मल निवासमा आफ्ना कर्मचारी र भेटघाट गर्न आउने केही नजिकका नातेदारहरूको कुरा सुन्नेबाहेक अन्य कुनै काम गर्न छाड्नुभएको छ’ –निर्मल निवास स्रोतले भन्यो। पूर्वराजावादीले पूर्वराजाको समर्थनमा देशका विभिन्न स्थानमा जुलुस निकाले कतै मैनबत्ती बालेर राजाको अभिव्यक्तिको स्वागत गरे तर आफूलाई पूर्वराजाको नजिक ठान्ने कसैले केही गर्न नसकेको केही राजावादीको आरोप छ।

 

 

 

 

 

युवा विश्वहिन्दु महासंघका अध्यक्ष महर्जनले राजतन्त्र फर्काउन आफूहरूले आन्दोलन शुरू गरेको दाबी गर्नुभयो। ‘हामी एक वर्षदेखि पूर्वराजाको समर्थनमा स्वतन्त्र रूपमा आन्दोलन गरिरहेका छौं, राजावादीहरू चुपचाप बसिरहेका छन्।

 

 

 

स्वतन्त्र नागरिकको एक समूहले राजाको शासनको माग गर्दै आज मंसिर १ गते पाटनढोकादेखि हुनमानढोकासम्म झन्डा जुलुस निकाल्ने भएका छन्। राजाका समर्थकको सो भेलामा थप कार्यक्रम तय गर्ने योजना छ’ – उहाँले भन्नुभयो । आजको नेपाल समाचारपत्रमा समाचार छ ।