माधव नेपाल पक्ष भन्छ– ओली कम्पनीले गरेको कारवाहीको औचित्य छैन

माधव नेपाल पक्ष भन्छ– ओली कम्पनीले गरेको कारवाहीको औचित्य छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पार्टी निर्णय अवज्ञा गर्दै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको सोमबारको दशौं बैठकले फ्लोर क्रस गर्ने २२ जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

आफ्नै सरकार ढालेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनु लज्जाको बिषय भएको ओली पक्षीय नेताहरुले बताएका छन् । सम्भवतः आजको केन्द्रीय कमिटी बैठकले नेपालसहित देउवाको पक्षमा मतदान गर्ने नेताहरुलाई कारवाही गर्ने सम्भावना छ ।

माधवकुमार नेपाल पक्षीय सांसदले मात्रै विश्वासको मत दिन्छन् भन्ने ठानिएका बेला अध्यक्ष केपी शर्मा ओली पक्षीय केही सांसदले पनि देउवालाई विश्वासको मत दिएपछि अब एमाले फुट्छ कि एकीकृत नै रहन्छ ? सबैको चासो रहेको देखिन्छ । ओली पक्षले देउवालाई मत दिनेहरु पार्टीमा रहँदैनन् भनिरहेको अवस्था छ भने नेपाल पक्षले भने आफुहरु पार्टीमा रहने दावी गरिरहेको छ ।

एकताको पहल भइरहँदा गरिने कामकारवाहीले एमालेभित्रको विवाद थप पेचिलो बन्ने देखिन्छ । एमालेका प्रमुख सचेतक विशााल भट्टराइले भने एकताका नाममा अराजकलाई स्वीकार गर्न नसक्ने बताए ।

उनले भने, ‘जहिले पनि एकता भनेको छ उनि पार्टी अनुशासनहिन काम गरेको छ । हामी चुप लागेर बस्दा पार्टी तहस नहस बन्यो त्यसकारण हामीले स्पष्टिकरण सोधेका हौँ ।’

चित्त बुझ्दो स्पष्टिकरण नआए थप कदम चाल्ने उनको भनाइ छ । यता नेपाल पक्षका सांसद मेटमणी चौधरीले ओलीको कारवाहीको कुनै औचित्य नभएको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘हामी नेकपा पार्र्टी होइन । पार्टी हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्छ । अहिले हामीलाई जसले कारवाहीको नाटक गरेको त्यो केपी ओलीको गुटले गरेको हो । नेकपा एमाले नभएको बेला केपी गुट एण्ड प्राइभेट कम्पनीले गरेको कारवाहीको औचित्य नै छैन । अर्को कुरा नेपालको संविधानको धारा ७६ को ५ मा हरेक सांसद स्वतन्त्र हुन्छ भन्ने संवैधानिक व्यवस्था छ यस्तो अवस्थामा पार्टी र संसदिय दलले ह्विप लगाउन सक्दैन भर्खर सर्वोच्चको फैसलाले पनि कारवाही नगर्नु भन्ने फैसला गरेको छ । यो अवस्थामा कारवाहीको अर्थ छैन हामी स्पष्टिकरण दिदैनौं ।’

सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

‘फ्लोर क्रस गर्ने सांसदले २४ घण्टाभित्र स्पष्टीकरण दिनुपर्छ, उहाँहरूले दिएको स्पष्टीकरणका आधारमा पार्टीले कारबाही गर्छ,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘१० बुँदे सहमतिले आफ्नो सरकार ढालेर अर्को पार्टीलाई मत देऊ, पार्टीको निर्णय उल्लंघन गर भन्दैन ।’

देउवालाई विश्वासको मत दिनेमा नेता माधव नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, नीरादेवी जैरु, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी थिए ।

त्यसैगरी ओली पक्षबाट गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार (किसन) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसीले देउवालाई मत दिएका थिए । देउवालाई मत दिने नेताहरूमाथि कारबाहीको प्रस्तावको विषयलाई लिएर बैठकमा विवाद भएको थियो ।