बालुवाटारमा देउवा र प्रचण्ड भेट : ओलीले गरेका नियुक्ति खारेज गर्ने सहमति

बालुवाटारमा देउवा र प्रचण्ड भेट : ओलीले गरेका नियुक्ति खारेज गर्ने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति गरेका छन् ।

मंगलबार प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका प्रचण्ड र देउवाबीच तत्कालिन प्रधानमन्त्री ओली सरकारले जेठ ८ गतेपछि गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको हो ।

जेठ ७ गते मध्यरातमा तत्कालिन प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । जसलाई सर्वोच्च अदालतले बदर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेशपछि देउवा अहिले प्रधानमन्त्री भएका छन् ।

ओली सरकारले संविधानको मर्मविपरीत संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्याविधि ) अध्यादेशमार्फत् संशोधन गरी संवैधानिक नियुक्ति र केही राजनीतिक नियुक्तिहरु गरेका थिए । सो नियुक्तिहरु नयाँ सरकार गठन भएपछि के होला भन्ने अन्योलता बढेको थियो ।

त्यस्तै सरकारले ११ जना राजदूतको नियुक्ति खारेज गरिदिएको छ । सोमबार बसेको ओली नेतृत्वको सरकारले ११ जनालाई राजदूतमा नियुक्त गर्ने निर्णय खारेज गरेको हो ।