प्रभु शाहको नेतृत्वमा ‘आइटी आर्मी’ गठन, के काम गर्छ ?

प्रभु शाहको नेतृत्वमा ‘आइटी आर्मी’ गठन, के काम गर्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता प्रभु साहको नेतृत्वमा ‘आइटी आर्मी’ गठन गरिएको छ ।

आज भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रममार्फत घोषणा गरिएको ‘आइटी आर्मी’ एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सामाजिक सञ्जालमार्फत क्रियाशील हुने सङ्गठन हो ।

उक्त ‘आइटी आर्मी’ को कार्यक्रममा अतिथिका रूपमा पूर्व मन्त्री प्रभु साह, टोपबहादुर रायमाझी र लेखराज भट्टका साथै एमाले राष्ट्रियसभा संसदीय दलका नेता सुमन प्याकुरेल लगायतका एमाले नेताहरूको सहभागिता रहेको थियो ।

आइटी आर्मीको केन्द्रीय कमिटी १५१ सदस्य रहेका छन् । त्यस्तै प्रदेश कमिटीहरू १०१ सदस्यीय र जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय रहेका आइटी आर्मीका केन्द्रीय संयोजक चन्द भूषण साहले जानकारी दिए । आइटी आर्मीको संरचनामा सङ्गठन, प्रशिक्षण, उत्पादन, प्रचार र इन्टिलिजेन्स विभागसमेत रहेको जनाइएको छ ।

यसले सूचना प्रविधिलाई उत्पीडित जनताको पक्षमा प्रयोग गर्ने लक्ष राखेको घोषणापत्रमा उल्लेख छ ।