धरानमा डिशहोम फाइबर नेट सेवा विस्तार

धरानमा डिशहोम फाइबर नेट सेवा विस्तार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- डिशहोमले फाइबर नेट सेवा धरानमा विस्तार गरेको छ । डिशहोम फाइबरनेट देशबासिहरु माँझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डीटीएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले शुरु गरेको हो । डिशहोमको फाइबर नेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले जनाएको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभिओडि जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबर नेटका योजनाहरु १० एमबिपिएस देखि १०० एमबिपिएस सम्म उपलब्ध हने पनि कम्पनीले बताएको छ ।

काठमाण्डु, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, ढल्केबरर बिराटनगरमा यस अघि नै डिशहोम फाइबर नेटको सेवा पुगि सकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल धरान पुगेको छ र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पुुग्ने डिशहोमले वित्तप्तीमा उल्लेख गरेको छ ।

डिशहोम फाइबर नेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।