कक्षा १२ को परीक्षा साउन ३१ देखि सञ्चालन हुने

कक्षा १२ को परीक्षा साउन ३१ देखि सञ्चालन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन ३१ गते लिने तयारी गरेको छ । बोर्डले साउन ३१ गते बिहीबारदेखि भदौ ९ गतेसम्म परीक्षा सञ्चालन गर्ने भएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

उनले बिहान ११ बजेबाट २ बजेसम्म परीक्षा सञ्चालन हुने बताए । परीक्षामा विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय)बाट परीक्षा दिन पाउने बोडर््ले जनाएको छ । देशभरका ३ लाख ७७ हजार विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन् ।

भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले क्याम्पस प्रशासनलाई निर्देशन दिएको छ ।