जसपा विवाद : निर्वाचन आयोगले इजलासमा बिहीबार बहस गर्ने

जसपा विवाद : निर्वाचन आयोगले इजलासमा बिहीबार बहस गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास बिहीबार बस्ने भएको छ ।
भोलि बुधबारका लागि इजलास तोकेकोमा सार्वजनिक बिदा परेका कारण आयोगले विहीबार इजलासमा बहस गर्ने जानकारी दिएको हो ।

आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको थियो । सो इजलासले ३ साउनबाटै जसपा विवादबारे सुनुवाइ सुरु गरेको हो । आयोगले जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षसँग एकता हुँदाको सक्कल कागजातसहित आवश्यक सबै कागजात माग गरेको छ ।