काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार पुगेका छन् ।
महन्थ ठाकुर पक्षले गत साउन ३ गते प्रतिनिधिसभामा अन्तिम समयमा देउवालाई विश्वासको दिएको थियो । आफ्ना माग पूरा गर्ने सर्तमा विश्वासको मत दिएको ठाकुर पक्ष आज सोही विषयमा कुरा गर्न बालुवाटार पुगेको हो ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका सम्झौता पालना गर्न आग्रह गर्दै अध्यक्ष ठाकुर बालुवाटार पुगेका हुन् ।
त्यस्तै ठाकुर पक्ष पनि सरकारमा सहभागी हुन सक्ने आँकलन गरिएको छ । आजको भेटमा सरकारका विषयमासमेत छलफल हुने बताइएको छ ।




प्रतिक्रिया