राजीनामा फिर्ता लिन भीम रावललाई सुदुरपश्चिमका १३ सांसदको आग्रह

राजीनामा फिर्ता लिन भीम रावललाई सुदुरपश्चिमका १३ सांसदको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले सुदुरपश्चिम प्रदेशका सांसदहरुले भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।

एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका रावललाई फिर्ता लिन प्रदेश सभाका १३ जना सदस्यहरुले आग्रह गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह, कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी लगायत १३ सांसदले मंगलबार रावलको निवास पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् ।

वरिष्ठ नेता नेपाल समूहमै रहेता पनि अन्तिम अवस्थामा रावलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसद पदबाट राजीनामा दिएका थिए ।