राप्रपा कुनै पार्टीको पुच्छर होइन : प्रकाशचन्द्र लोहनी

राप्रपा कुनै पार्टीको पुच्छर होइन : प्रकाशचन्द्र लोहनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले राप्रपा कुनै पनि दलको पुच्छर नहुने बताएका छन् ।

बुधबार सामाजिक सञ्जालार्फत नेता लोहनीले राप्रपा प्रजातन्त्रमा दलहरु बलियो हुनुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएको भन्दै कुनै पनि दलको पुच्छर भएर नजाने बताएका हुन् ।

उनले दलहरु बलियो हुनुपर्छ भन्ने मान्यता अनुरुप संसदमा बिस्वासको मतदान हुँदा राप्रपा तटस्थ रहेको उल्लेख गरेका छन् ।

अध्यक्ष लोहनीले कुनै दल प्रति पनि आग्रह या पूर्वाग्रह नराखेर राप्रपाले संसदमा गुण–दोषको आधारमा समर्थन या बिरोध गर्ने बताएका छन् ।