शुक्रबारको मौसम कस्तो रहला ? यस्तो छ पूर्वानुमान

शुक्रबारको मौसम कस्तो रहला ? यस्तो छ पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारको माैसम पूर्वानुमान गरेकाे छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले  मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

प्रदेश १, लुम्बिनी र बागमती प्रदेशका एक,दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।  राति सुदूरपश्चिम प्रदेशका एक,दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएकाे छ।