काठमाण्डु – सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आइतबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले ठाकुरले निर्वाचन आयोगको हेटकाउण्ट रोक्न माग गर्दै दिएको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
अदालतको उक्त आदेशसँगै निर्वाचन आयोगलाई जसपाबारे फैसला गर्ने बाटो खुलेको छ । आयोगले ५१ सदस्यीय कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि नागरिकतासहित साउन ११ गते बोलाएको छ ।




प्रतिक्रिया