कोरोना विरुद्धको खोप मेरो पहिलो प्राथमिकता : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

कोरोना विरुद्धको खोप मेरो पहिलो प्राथमिकता : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने बताएका छन् ।

आइतबार स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका श्रेष्ठले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आयोजित सपथ ग्रहणपछि सञ्चारकर्मीलाई संक्षीप्त प्रतिक्रिया दिँदै उनले अहिलेको प्राथमिकता नागरिकको सुरक्षा भएको भन्दै खोपलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् ।

मुलुकको समस्या नै स्वास्थ्य भएको र पहिलो प्राथमिकता दिएर खोपको व्यवस्थापन हुने उनको भनाइ थियो । ‘अहिले विश्वको समस्या नै स्वास्थ्य हो । सबैभन्दा ठूलो समस्या खोपमा छ । सबैभन्दा पहिलो प्राथमिकता दिएर खोपको व्यवस्थापन हुन्छ,’ उनले भने ।

उनले कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि विज्ञहरुसँग छलफल गरेर दीर्घकालीन र अल्पकालीन रणनीतिसहित काम गर्ने पनि बताए ।