काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) महन्त ठाकुर पक्षका नेता मनिष सुमनले गुट परिवर्तन गरेका छन् । उनले सोमबार निर्वाचन आयोग पुगेर जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका हुन् ।
हेड काउन्टका लागि निर्वाचन आयोग पुगेका मनिष सुमनले आफूले मूलधारको पार्टीको पक्षमा हस्ताक्षर सनाखत गरेको बताए ।सनाखतपछिआयोग परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै मनिष सुमनले आफूले पार्टी एकताका लागि महन्थ ठाकुरसँग लामो वार्ता गरेपनि ठाकुरले पार्टी एकता गर्न नमानेको बताए । उपेनद्र यादव पक्ष मुलधारको पार्टी भद्धएको उनको भनाई छ ।
‘मैले पार्टी एकताको लागि धेरै प्रयास गरेँ । तर ठाकुर मान्नु भएन । मधेसमा संगठित पार्टीको आवश्यकता छन । एकीकृत पाटी हुनुपर्छ भन्ने मेरो प्रयास छ । जहाँ मूलधारको पार्टी छ मैले त्यहाँ सनाखत गरेँ,’ उनले भने ।
यादव पक्ष जसपाको मूलधारको पार्टी भएको उनको भनाइ छ । त्यस्तै ठाकुर पक्षका नेता राजकिशोर यादवले पनि उपेन्द्र यादव पक्षमा हस्ताक्षर गरेका छन् । उनले निर्वाचन आयोगमा पुगेर यादव पक्षमा हस्ताक्षर गरेका हुन् ।




प्रतिक्रिया