काठमाण्डु – नेकपा एमालेका नेता योगेश भट्टराइले ‘कमेडी च्याम्पियन २’ का प्रतिस्पर्धी भरतमणी पौडेलका लागि भोट गर्न अपिल गरेका छन् । उनले समाजिक सञ्जालमार्फत ‘कमेडी च्याम्पियन २’ का प्रतिस्पर्धी अर्थात तापलेजुङका पौडेललाई जिताउनका लागि भोट गर्न अपिल गरेका हुन् ।
उनले लेखेका छन्, ‘अहिले चर्चामा रहेको कमेडी रियालिटी शो कमेडी च्याम्पियन २ का प्रतिस्पर्धीहरु सबै अब्बल छन् । त्यसमध्ये पनि भरतमणी पौडेल मलाई हाँस्य ब्यङ्ग्य क्षेत्रको उदाउँदो मणी जस्तो लाग्छ । कञ्चनजंघाको फेदमा, तमोर नदीको चिसो पानी खाँदै, पाथिभरा माताको छत्रछायामा हाम्रै गाउँ घरमा हुर्केका यी ताप्लेजुङे ठिटो हाम्रो प्रिय छदैछन्, त्यो भन्दा पनि बढी प्रतिभाशाली छन् । कमेडी च्याम्पियनको ताज प्राप्त गर्ने यीनको दौडमा भोटमार्फत होस्टेमा हैंसे गर्दा सबै नेपालीले पनि आनन्दको अनुभुती गर्नुहुनेछ । यो मेरो व्यक्तिगत अनुभुती मात्रै हो । बाँकी निर्णय अधिकार त तपाइँहरुकै । सबै प्रतियोगीलाई मेरो शुभकामना छ ।’
केही दिन अगाडि नेता भट्टराईकै अग्रसरतामा भरतमणीका लागि ६ लाख पुरस्कार समेत घोषणा गरिएको थियो । जसमा, १ लाख रुपैयाँ उनले आफैले दिएका थिए ।




प्रतिक्रिया