काठमाण्डु – नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सानोठिमी क्याम्पस इकाईका पूर्व अध्यक्ष सतिश श्रेष्ठलाई तत्काल रिह गर्न माग गरेको छ ।
क्याम्पस हाता भित्र प्रवेश गर्ने क्रममा भएको विवादको विषयलाई क्याम्पस प्रशासनले प्रहरी लगाई श्रेष्ठलाई पक्राउ गराएको भन्दै नेविसंघ विरोधमा उत्रिएको हो ।
नेविसंघका अध्यक्ष राजीव ढंगानाले आज एक विज्ञप्ती जारी गर्दै आफ्नो क्याम्पस हाता भित्र प्रवेश गर्ने विद्यार्थीको नैसर्गिक अधिकारलाई कुन्ठित गराउने र सामान्य विषयलाई संवाद र छलफलबाट निराकरण गर्नुको सट्टा क्याम्पस परिसर भित्र प्रहरी प्रवेश गराई मुडभेठ गराउन खाजेको आरोप लगाएका छन् ।
साथै उनले हिरासतमा राखिएका श्रेष्ठलाई तत्काल रिहाई नगरे कडा प्रर्दशनमा उत्रिने समेत चेतावनी दिएका छन् ।





प्रतिक्रिया