इजरायल जाने श्रमिकका लागि आवेदन खुल्यो, तलब १,६०० डलर

इजरायल जाने श्रमिकका लागि आवेदन खुल्यो, तलब १,६०० डलर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजरायल जाने नेपाली कामदारका लागि अनलाइन आवेदन गरिएको छ ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार वैदेशिक रोजगार विभागले इजरायलको हेरचाह केन्द्रमा सहायक कामदारका लागि आवेदन खुला गरेको हो ।

विभागले जारी गरेको सूचना अनुसार इजरायलमा रोजगारको लागि मासिक तलब पाँच हजार ३०० एनआईएस (इजरायली मुद्रा) अर्थात् करिब एक हजार ६०० अमेरिकी डलर रहेको छ ।  इजरायलमा ३० प्रतिशत अर्थात ३ सय जना पुरुष कामदार र ७० प्रतिशत अर्थात ७ सय जना महिला कामदारले रोजगारको आवसर पाउने छन् ।

रोजगारीमा जान चाहनेहरुले विभागको वेवसाइटमा ferms.dofe.gov.np  गएर अनलाइन फाराम भर्नका लागि आग्रह गरिएको छ ।