सुटिङका क्रममा अभिनेता बिराज भट्ट घाइते

सुटिङका क्रममा अभिनेता बिराज भट्ट घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अभिनेता बिराज भट्ट फिल्म छायांकनकाे क्रममा घाइते भएका छन् । उनी भोजपुरी चलचित्र ‘आक्रोश’ को छायांकनको क्रममा एक्सन स्टन्ट गर्दा घाइते भएका हुन् । उनको बाँया खुट्टामा चोट लागेको छ ।

खुट्टामा चोट लागेर रगत जमेपछि डाक्टरले उनलाई दुई साता आराम गर्न भनेका छन् । सन्दिप सिंहले निर्देशन गरिरहेको यस चलचित्रको भारतको लखनउमा छायांकन भइरहेको थियो । बिराज घाइते भएपछि चलचित्रको छायाँकन पनि रोकिएको छ ।

यस चलचित्रमा विराजसँगै प्राची सिंह, सन्जय पाण्डे, मनोज टाइगर लगायतका कलाकारको अभिनय रहेको छ ।