जापानको वर्किङ भिसा बन्द, ठगीबाट जोगिन दूतावासको आग्रह

जापानको वर्किङ भिसा बन्द, ठगीबाट जोगिन दूतावासको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जापानले कामदार (वर्किङ) भिसा बन्द गरेको छ । नेपालस्थित जापानी दूतावासले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण कामदार भिसा बन्द गरेको जनाएको छ ।

दूतावासले अर्को सूचना प्रकाशित नभएसम्मका लागि कामदार भिसा बन्द गरेको जनाएको हो । त्यस्तै दूतावासले कामदार भिसामा जापान लैजाने भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको जनाएको छ । दूतावासले ठगी गर्ने गिरोहबाट जोगिन समेत सचेत गराएको छ ।

गत जुलाई १९मा प्रहरीले कामदार भिसामा जापान लैजाने भन्दै ठगी गर्ने चार जनालाई पक्राउ गरेको थियो । उक्त घटनापछि विज्ञप्ति जारी गर्दै दूतावासले सचेत रहन आग्रह गरेको हो ।