काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुको नाम सिफारिसलगायतका विषयमा निर्णय गर्न बसेको बैठक सम्पन्न भएको हो ।
आजको बैठकले गण्डकी र प्रदेश नम्बर २ मा प्रदेश प्रमुखलाई नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउन नसकेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
‘आज प्रदेश नम्बर २ मा तिलक परियार र गण्डकीमा अमित शेरचनलाई प्रदेश प्रमुखको रुपमा सिफारिस गर्ने निर्णय भयो । मन्त्री सिफारिसका विषयमा छलफल भएन,’ ती स्थायी कमिटी सदस्यले भने ।
सरकारमा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्रीमा नियुक्त भएका छन् । आकांक्षी धेरै भएपछि मन्त्रीको टुंगो लाग्न नसकेको स्रोतको दाबी छ ।




प्रतिक्रिया