काठमाण्डु – माओवादी केन्द्रले दुई जना प्रदेश प्रमुखको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
मंगलार माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेर गण्डकी र प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा दुई जनाको नाम बुझाएका हुन् ।
मंगलबार बसेको स्थायी कमिटीको बैठकले गण्डकीमा अमिक शेरचन र प्रदेश २ मा तिलक परियारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
ओली नेतृत्वको सरकारले उनीहरुलाई हटाएर गण्डकीमा सीता पौडेल र प्रदेश नम्बर दुईमा राजेश अहिराजलाई नियुक्त गरेको थियो ।




प्रतिक्रिया