काठमाण्डु – नेकपा एमालेको माधव नेपाल समूह सरकारमा सहभागी हुने भएको छ । साउन ३ गते फ्लोर क्रस गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिएको नेपाल समूह सरकारमा सहभागी हुने भएको हो ।
मंगलबार बसेको माअोवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समूह पनि सरकारमा जान सहमत भएको ब्रिफिङ गरेका हुन् । आज बिहान कोटेश्वरमा प्रचण्डसँग भएको भेटवार्तामा नेता नेपालले सरकारमा सहभागी हुने बचन दिएकाे उनले स्थायी कमिटी सदस्यहरुलाई बिफ्रिङ गरेका थिए ।
नेपालको भागमा एक जना प्रदेश प्रमुख भागबन्डा परेको छ । स्रोतकाअनुसार मन्त्रालयको टुंगो लाग्न बाँकी छ । नेता नेपालसँग भएको भेटवार्तामा प्रचण्डले प्रदेश प्रमुखको नाम सिफारिस गर्न आग्रह गरेको स्रोतले जानकारी दियो ।
‘गठबन्धनमा भएकाले उहाँले पाउनुहुन्छ । भोलि बिहान ८ बजे गठबन्धनको बैठक छ । त्यही बैठकमा मन्त्रालयको भागबन्डालगायतका विषयमा छलफल हुन्छ,’ माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले भने ।




प्रतिक्रिया