काठमाण्डु – नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल भेट्न कोटेश्वर पुगेका छन् ।
मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका बेला अध्यक्ष प्रचण्ड नेता नेपालसँग भेट गर्न पुगेका हुन् । उनी बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेर नेपाल भेट्न गएका हुन् । देउवाले मन्त्रिमण्डल विस्तारको तयारी गरिरहेका बेला प्रचण्ड नेपाललाई मनाउन कोटेश्वर पुगेका छन् ।
बुधबार बसेको गठबन्धनको बैठकले शुक्रबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने सहमति गरेको थियो । तर, नेपाल समूहले तत्काल सरकारमा सहभागी नहुने जवाफ दिइसकेको छ ।




प्रतिक्रिया