महन्थ ठाकुरले दायर गरेको रिटको सुनुवाई न्यायाधीशद्वय खतिवडा र चुडालको इजलासमा

महन्थ ठाकुरले दायर गरेको रिटको सुनुवाई न्यायाधीशद्वय खतिवडा र चुडालको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेता महन्थ ठाकुरले दायर गरेको रिटको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा सुरु भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षको हैसियतमा ठाकुरले दायर गरेको रिटको सुनुवाइ न्यायाधीशद्वय खतिवडा र चुडालको इजलासमा हुने भएको हो ।

निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवाद केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट छिनोफानो गर्ने प्रक्रिया अघि बढाएपछि उक्त प्रक्रियालाई नै रोक्न माग गर्दै ठाकुरले रिट दायर गरेका थिए । आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको बहुमतका आधारमा पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ ।

रिट निवेदनमा ठाकुरले कार्यकारिणी समितिकै विवाद निरूपण नगरी निर्वाचन आयोगले सिधै बहुमत र अल्पमतको परीक्षण गर्न थालेको भन्दै त्यसलाई रोक्नसमेत माग गरेका थिए ।