संसदमा माओवादीका सांसदले भनेः वाम–प्रजातान्त्रिक एकताको माहोल बन्यो

संसदमा माओवादीका सांसदले भनेः वाम–प्रजातान्त्रिक एकताको माहोल बन्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माअ‍ोवादी केन्द्रले न्यूनतम साझा कार्यक्रम बनाएर अगाडि बढ्न सरकारलाई सुझाव दिएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद गिरीराजमणी पोखरेलले वाम–लोकतान्त्रिक गठबन्धनबाट बनेको सरकारले सहमतिको आधारमा काम गर्न जरुरी रहेको बताए ।

‘न्यूनतम् साझा कार्यक्रम र न्यूनतम आचारसंहिता बनाएर अघि बढ्न म सरकारलाई सुझाव दिन्छु’, उनले भने, ‘वाम–लोकतान्त्रिक गठबन्धनबाट बनेको सरकारले सहमतिको आधारमा काम गर्नु जरुरी छ ।’

सांसद पोखरेलले वाम–प्रजातान्त्रिक एकताको माहोल बनेकोले यसलाई अझ व्यवस्थित गर्न आग्रह गरेका छन् ।

‘यतिखेर वाम–प्रजातान्त्रिक एकताको माहोल बनेको छ । यसलाई अझ व्यवस्थित गरौं,’ उनले भने, ‘२०७२ सालमा संविधान जारी भए लगत्तै अवलम्बन गर्नुपर्ने त्यो बाटो थियो । कतै कमीहरु भए । नयाँ परिस्थिति आएको छ, फेरि एक पटक व्यवस्थित गरेर लैजानुपर्ने आवश्यकता छ ।’