ठमेलमा चिनियाँ नागरिकको अवैध धन्दा, लोकल रक्सी उत्पादन गर्ने एक जना पक्राउ

ठमेलमा चिनियाँ नागरिकको अवैध धन्दा, लोकल रक्सी उत्पादन गर्ने एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुको ठमेलस्थित एक रक्सी कारखानामा अवैधरुपमा चिनियाँ रक्सी उत्पादन गर्ने चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उक्त रक्सी उत्पादन गर्ने कारखानामा छापा मारेर सञ्चालक चीनको जियाङ्गसु प्रान्त घर भएका सिजि उईलाई पक्राउ गरेको हो ।

May be an image of indoor

उईले ठमेल स्थित छिन्ता लामाको घर भाडामा लिएर सञ्चालन गरिएको लोकल मदिरा कारखानामा महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेर करिब १० हजार लिटर मदिरा पनि बरामद गरेको छ । सिजि उईले ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ नामक मदिरा उत्पादन गर्ने गरेका थिए ।

May be an image of indoor

लोकल रक्सी उत्पादन गर्ने मेशिन पनि प्रहरीले बरामद गरेको छ । रक्सी उत्पादन गर्ने चिनियाँले ५ तले घर भाडामा लिए त्यहाँ होटल पनि सञ्चालन गरेका थिए । ‘होटल स्वीट ठमेल होटल एण्ड रेष्टुरेन्ट’ काठमाडौं महानगरपालिका वडा नम्बर–२६ मा दर्ता गरेको पाइएको छ । बरामद मदिरा आन्तरिक राजस्व कार्यालयलाई थप अनुसन्धान र कारवाहीका लागी बुझाइने महाशाखाले जनाएको छ ।