यी हुन् मदन पुरस्कार, २०७७ का लागि छानिएका ९ पुस्तक

यी हुन् मदन पुरस्कार, २०७७ का लागि छानिएका ९ पुस्तक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मदन पुरस्कार गुठीले २०७७ सालको मदन पुरस्कारका लागि नौ वटा पुस्तक छनौट गरेको छ । सुचीमा परेका मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार दिइने छ । गुठीलाई प्राप्त २२२ पुस्तकहरूमध्ये ९ वटा पुस्तकको नाम उपलब्ध गराइएको हो ।

यी पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको थियो । अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनोटको आधार बनाइएको गुठीले जनाएको छ ।

२०७७ का लागि छानिएका ९ पुस्तक:

– करिया

– कल्प-ग्रन्थ

– नृत्याक्षर विज्ञान

– फिलिङ्गो

– फुलाङ्गे

– मोक्षभूमि

– रमिते

– लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०)