प्रतिनिधिसभामा वार्षिक प्रतिवेदन पेश

प्रतिनिधिसभामा वार्षिक प्रतिवेदन पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभामा ‘नेपालको संविधान २०७२ को धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७६-७७’ पेश गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभा समक्ष उक्त प्रतिवेदन पेश गरेका छन् । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १९ गते दिनको १ः०० बजे बस्ने छ ।