काठमाण्डु- लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शंकर पोखरेलले भेटवार्ता गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले शनिवार बिहान प्रदेश प्रमुख शेरचनसँग स्वागतसहित भेटवार्ता गरेका हुन् । प्रदेश प्रमुख शेरचनले शुक्रबार कार्यभार सम्हालिसकेका थिए ।
सो भेटमा मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश सरकारले गरेका काम र प्रगतिबारे प्रमुख शेरचनलाई जानकारी गराएका हुन् ।




प्रतिक्रिया