भारतीय ज्यादती रोक्न पाँच विद्यार्थी संगठनले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

भारतीय ज्यादती रोक्न पाँच विद्यार्थी संगठनले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तागठबन्धन निकट पाँच विद्यार्थी संगठनले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको तत्काल छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।  उनिहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउदै सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गरेका छन् ।

दार्चुलाको व्यास गाउँपालिका–२ का जय सिंह धामी विदेश जानको लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन् । दार्चुलाको व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी विदेश जानको लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन् ।

‘संयुक्त विद्यार्थी संगठन भारतीय अपराधिक कार्यको विरोध र भत्र्सना गर्दै घटनाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दछौं ।’ ज्ञापनपत्रमा भनिएको छ । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सत्ता निकट दलका विद्यार्थी नेताहरु प्रधानमन्त्री निवास बालुवाटार गएका थिए ।

यस्तै उनिहरुले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीहरुका जायज माग सम्बोधन गर्दै रोकिएका परीक्षाहरु सन्चालन गराउन पनि माग गरेका छन् । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुबाट भ्रष्टाचार, अनियमितता भएको भन्दै विद्यार्थी नेताहरुले उपकूलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न माग समेत गरेका थिए ।

No description available.