पार्टी एकतालाई छिटो टुंग्याउनुपर्ने एमाले विघटित कार्यदलका सदस्यको निष्कर्ष

पार्टी एकतालाई छिटो टुंग्याउनुपर्ने एमाले विघटित कार्यदलका सदस्यको निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एमालेको विघटित कार्यदलका सदस्यको अनौपचारिक छलफलले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्ने निष्कर्ष निकालेको छ । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्ने जोड दिएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो ३ बजे स्थायी कमिटी बैठक बोलाएपछि एमाले कार्यदलका सदस्यहरु छलफलमा जुटेका थिए । सो छलफलपछि नेता गोकर्ण विष्टले पार्टी एकताका सम्बन्धमा देखिएका कतिपय समस्याहरु थप प्रयत्नमार्फत समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको बताए ।