काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएकाे बताएका छन् । एमालेको काठमाण्डु जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिने नेपाललाई पार्टीमा अब कुनै ठाउँ नभएको स्पष्ट पारेका हुन् ।
‘वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने ।’ उनले बाटो बिराएका अरु भने पार्टीमा फर्किन सक्ने बताए ।
अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे । पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उनको भनाइ छ ।




प्रतिक्रिया