काठमाण्डु- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुला घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेका छन् । अखिल फोर्सको भेलामा शनिबार नेपालले उक्त घटनाको नेपाल सरकारले छानबिन गर्नुपर्ने बताएका हुन् ।
शुक्रवार दार्चुलाको व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामी महाकाली नदी तुईनमा तरेर भारतको उत्तराखण्ड राज्य स्थित पांगल जाने क्रममा भारतीय सिमा सुरक्षा बलले तुईन खोलेका कारण नदीमा खसेर हाल सम्म वेपत्ता भएका छन् ।
नेता नेपालले भारत सरकारलाई उक्त घटनामा सहभागीलाई कारबाही गर्नका लागि पनि ध्यानाकर्षण गराएका छन् । उनले सरकारले भारतसँग उक्त विषयमा कुरा उठाउन भनेर ध्यानाकर्षण गराएका हुन् ।




प्रतिक्रिया