सबै नागरिकलाई खोप व्यवस्था गर्न सरकार प्रतिवद्ध छ: विमलेन्द्र निधि

सबै नागरिकलाई खोप व्यवस्था गर्न सरकार प्रतिवद्ध छ: विमलेन्द्र निधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सबै नागरिकलाई कोरोनाविरूद्धको खोप लगाउन सरकारले प्रयत्न गरिरहेको दावी गरेका छन् ।

काठमाण्डुको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर’ को उद्घाटन गर्दै उनले सरकारले कोरोना विरुद्धको खोपलाई बढी प्राथमिकता दिएको दावी गरे ।

उपसभापति निधिले जहाँबाट ल्याएर भएपनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताएका छन् ।