काठमाण्डु – वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । कोभिड यूनिफाइड केन्द्रीय अस्पताल (वीर) मा ८ महिनादेखि कोभिड जोखिम भत्ता तथा सेवा सुविधा नपाएको भन्दै प्रदर्शन गरेका कर्मचारीहरूलाई प्रहरीले लाठी चार्ज गरेको वीर अस्पताल कर्मचारी युनियनका सचिव दिपक मुडभरीले बताए । लाठी चार्जका कारण ४ जना कर्मचारी घाइते भएको सचिव मुडभरीले बताए । उनिहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उनले भने ‘हामी आज अस्पतालका प्रखुम डा जागेश्वर गौतमसंग छलफल गर्दै थियौँ दुवै पक्षले आ–आफ्नो कुरा राखिरहँदा उहाँले प्रहरी बोलाएर हामीलाई कृटाउनुभयो ।’ डा. गौतमले पहिला सिभिल प्रहरी बोलाएको र पछि भीड नियन्त्रण गर्ने प्रहरीलाई समेत बोलाएर स्वास्थ्यकर्मीमाथि लार्ठी चार्ज गरिएको मुडभरीको आरोप छ । आफुहरूको माग पुरा नहुदासम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ । सरकारले तोकेको सुविधा पाउनुपर्ने कर्मचारीहरूको माग छ ।




प्रतिक्रिया