देउवाले गल्ती दोहोर्‍याएपछि सत्ता गठबन्धनमा खटपट

देउवाले गल्ती दोहोर्‍याएपछि सत्ता गठबन्धनमा खटपट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वाम गठबन्धनभित्र खटपट देखिन थालेको छ । आपसी छलफल र सहमतिबाट मात्र विभिन्न नियुक्ति गर्ने भनिएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिविरुद्ध कदम चाल्न थालेपछि सत्ता गठबन्धनभित्र खटपट देखा परेको हो ।

प्रधानमन्त्री देउवाले गठबन्धनसँगकाे छलफल बिना  नै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेपछि माअ‍ोवादी केन्द्रले असन्तुष्टी जनाएको हो । देउवाले आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेललाई नियुक्त गरेपछि माअ‍ोवादी केन्द्र रुष्ट बनेको हो ।

आइतबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सत्ता साझेदार दलहरुसँग छलफल नै नगरी देउवाले एकलौटी नियुक्त गर्न थालेको भन्दै आपत्ति जनाएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले राजनीतिक नियुक्ति वा सरकारका कामकारबाहीबारे साझा दृष्टिकोण बनाउँदै पारदर्शी ढंगले निर्णय गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले एकलौटी रूपमा गरेको नियुक्तिप्रति पार्टीभित्र छलफल भएको जानकारी दिए ।

उनले भने, ‘गठबन्धन सरकारको अर्थ सहकार्य हो । राजनीतिक नियुक्ति वा सरकारका कामकारबाहीबारे साझा दृष्टिकोण बनाउँदै पारदर्शी ढंगले निर्णय गर्नुपर्नेमा प्रधानमन्त्रीले एकलौटी रूपमा गरेको नियुक्तिप्रति पार्टीभित्र छलफल भएको छ ।’

यसअघि स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्दा पनि देउवाले गठबन्धनमा आवद्ध दलहरुसँग छलफल नगरेको भन्दै असन्तुष्टी पोखिएको थियो । उनले स्वास्थ्य राज्यमन्त्रीमा व्यापारी उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।  मन्त्रिमण्डल विस्तार लगायतका आवश्यक निर्णय गर्दा सत्ता साझेदारहरुसँग छलफल गरेर मात्रै निर्णय लिनुपर्ने सहमति भएको थियो ।

तर, उनले मन्त्रिमण्डल विस्तार गर्दा पनि आफू निकट व्यक्तिलाई नियुक्त गरेको भन्दै नेताहरुले असन्तुष्टी जनाएका थिए । जवाफमा देउवाले अबदेखि गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

र याे पनि

व्यवसायी श्रेष्ठलाई मन्त्री नियुक्त गरेसंगै पांच दलिय गठबन्धनमा असन्तुष्टि