तयारी नपुगेको भन्दै माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक स्थगित

तयारी नपुगेको भन्दै माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

आजको बैठकमा मन्त्रीहरुको नाम टुंगो लगाउने कार्यसूची थियो । तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक स्थगित भएको सूचना पठाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आवश्यक तयारी नपुगेको भन्दै बैठक स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको २० दिन पुग्दासमेत मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै देउवाको आलोचना हुन थालेको छ ।

सत्ता गठबन्धनबाट मन्त्रीको नाम टुंगो लाग्न नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन् । हुनत देउवाले आफ्नै पार्टी नेपाली कांग्रेसभित्र पनि मन्त्री छान्ने विषयमा छलफल गरेका छैनन् । देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् ।