महन्थ ठाकुरले दायर गरेको रिट हेर्न नभ्याइनेमा

महन्थ ठाकुरले दायर गरेको रिट हेर्न नभ्याइनेमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को अध्यक्षको हैसियतमा महन्थ ठाकुरले दायर गरेको रिट हेर्न नभ्याइनेमा राखिएको छ । जसपाको आधिकारिकताबारे दायर गरेको रिट सोमबार सर्वोच्च अदालतले हेर्न नभ्याइने सूचीमा राखेको हो ।

ठाकुरको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेशी तोकिएको थियो । निर्वाचन आयोगले जसपाको उपेन्द्र पक्षलाई पार्टी आधिकारिकता दिएपछि ठाकुरले आफूमाथि अन्याय भएको भन्दै अदालतमा आयोग र यादव पक्षलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।