काठमाण्डु -नेकपा एमालेले प्रचार विभाग गठन गरेको छ । एमालेको सोमबार बसेको स्थायी समिति बैठकले स्थायी समिती सदस्य एवंम् पुर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको नेतृत्वमा १९ सदस्यीय प्रचार विभाग गठन गरेको हो ।
प्रचार विभागको उपप्रमुखमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुंदा प्रेस सल्लाहकार रहेका सूर्य थापा छन् । उनि एमालेको केन्द्रिय सदस्य समेत हुन ।
यस्तै सदस्यमा माधव विद्रोही,शीतल शाह,माधव नेपाल,रामकृष्ण ज्ञवाली,डीआर घिमिरे,सुर्यमणी गौतम,रोशन खड्का,इन्द्रमान बुढा,राजेन्द्र अर्याल र गगन विष्टलाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी सदस्यमा गणेश बस्नेत,निर्मला शर्मा,यशोदा तिमल्सिना,प्रमोद दाहाल,राजु लामा,मधु शाही र गणेश पाण्डे रहेका छन् । बैठकले एमालेका अन्य ९ विभागलाई समेत पूर्णता दिएको छ ।




प्रतिक्रिया