आज ओली र नेपाल भेटवार्ता गर्दै, एमालेको विवाद वार कि पार हुने

आज ओली र नेपाल भेटवार्ता गर्दै, एमालेको विवाद वार कि पार हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ताको तयारी भएको छ ।  पार्टी विभाजनको अवस्थामा पुगेका बेला मंगलबार अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ताको तयारी भएको हो ।

एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले दुवै नेताबीच आजै भेटवार्ता हुने भएपनि समय र स्थानको टुंगो नलागेको जानकारी दिए ।

उनले केहीबेरपछि समयको टुंगो लाग्ने बताए । नेता नेम्वाङले एजेण्डा तय गरेर भेटवार्ताको समय र स्थानको टुंगो लाग्ने बताए ।  आजको भेटवार्ताले एमालेको विवाद वार कि पार हुने नेताहरुले बताएका छन् ।

सोमबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध बनाउन शीर्ष नेताहरबीच छलफल गरेर सहमतिको बिन्दुमा पुग्ने निष्कर्ष निकालेको थियो ।

ओली र नेपाललाई भेट गराउन र पार्टीलाई एकताबद्ध बनाउन एमालेका दोस्रो तहका नेताहरु लामो समयदेखि प्रयासरत छन् । दुवै नेताबीच यसअघि पटकपटक भएका भेटवार्ता बिना निष्कर्ष टुंगिएको थियो ।