काठमाण्डु – सत्ता गठबन्धनको कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो ।
कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्नेछ । सरकारका न्यूनतम साझा कार्यक्रम तयार पार्नका लागि सत्ता गठबन्धनका नेताहरुले एक कार्यदल गठन गरेका थिए ।
कार्यदलको बैठक सोमबार पनि बसेको थियो । हिजोको बैठकमा सरकारका साझा कार्यक्रम, सरकार सञ्चालन र आचारसंहिताबारे छलफल भएको थियो । सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिताका विषयमा सहमति हुने डा. रिजालले जानकारी दिए ।




प्रतिक्रिया